Truck Sahitya ट्रक साहित्य

मलाइ त बचाउन सकेनौ, कमसेकम, डुब्न लागेको आफ्नो देश त बचाऊ !

केटी घुमाउन नसक्ने त म पनि हैन नि ,
माया लग्छ बिचरीलाई रिंगटा लाग्ला कि भनेर ! 



चट्ट मिठो अचार संग खाईदेऊ रोटी लाई,
कोशी ब्यारेक खोलेर बगाई देऊ धोति लाइ ,
अनि बल्ल टेन्सन परोस् त्यो …मोदी लाइ !
मलाई छोडी जाने तिमी, तिम्रो भाग्य फुटोस !
लोकल रक्सि खाएर , राति राति सधै तिम्रो पोइले कुटोस !


आजकालको भुराभुरिहरुले बाईक कुदाको देख्दा
श्रदानजलिको माला लिएर पछि पछि कुदौ जस्तो लग्छ !

म  मरेपछि मेरो लासको पोस्टमाटर्म गर्न न दिनु है प्रिय
मुटुमा तिम्रो नाम भेटिदा अनुसन्धानमा फसौली !!!  

कस्तो फुल रोजेछु मैले, टिप्नु नपाइ ओइलाई जाने
कस्तो माया लाएछु मैले, बोल्नै नपाई पोइला जाने !!

बिर्सन सक्नेछौ त्यो रुखलाई, सकने छैनौ त्यो शितल छायालाई
बिर्सन सकनेछौ केवल मलाइ, सकने छैनौ त्यो चोखो मायालाई !!

जिबन भरि साथ दिने एउटै साथी रोजेको छु !
झुटो होइन भगवान कसम, तिमीलाई नै खोजेको छु !! 

तिम्रो माया मेरोलागि बाच्ने आधार थियो
विश्वास गरि माया दिए आखिरीमा धोका दियौ !!

बुडा गयो अरबको खाडीमा, बुडी गइ अर्कैको गाडीमा
फुल्यो तेजपत्ता तिन बर्समा बुडो आउदा बुडी बेपत्ता !

जिन्दगीले छिचोल्नुछ अझै थुप्रै गल्छिहरु !
आकाश छुने कुरा गर्छन धर्तीका अल्छिहरु !!

नयाँ गाडी किनेर ड्राइभरलाइ जिम्मा दिनु र
भरखरै बिहे गरेर विदेश जानु उस्ता उस्तै हो ! ! 

फरक्क फर्की नहेर कान्छी हरनको तालैमा
ड्राइभरहरु हरामी हुन्छ किस खाला गालैमा !!!  



नोट :- यी माथिका सबै फोटाहरु फेसबुक र अन्य सोसियल नेट्वोर्क बाट साभार गरियका हुन् !! 

No comments: